स्मार्ट सिटी नीलकण्ठ नगरपालिकामा खोला तर्न काठे सांघुको भर

925 पटक पढिएको

२ असार २०८२, सोमबार ०६:२४ सम्पादक: धादिङ न्यूज

धादिङ,२ असार २०८२ । स्मार्ट सिटीको रुपमा निकै चर्चा हुने गरेको धादिङको नीलकण्ठ नगरपालिकाका वासिन्दा खोला तर्न पुल नहुंदा जोखिम मोलेर काठको सांघुबाट आवतजावत गर्न वाध्य हुने गरेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ बाट गल्छी गाउँपालिकाको १ नम्बर वडा जोड्ने कोसीखोलाको ज्यामिरेमा गाउँलेहरु मिलेर काठको सांघु निर्माण गरेका छन् । कोसीखोला क्षेत्र नीलकण्ठ नगरपालिकाकै विकटक्षेत्रमा पर्दछ ।

हरेक बर्ष बर्षा लागेपछि कोसीखोला तर्न कठिनाई भोग्दै आईरहेका गाउँवासीले श्रमदान गरेर काठको सांघु हालेका हुन् । यो ठाउँमा पक्की पुल बनाईदिन स्थानीय सरकार देखि प्रदेश र संघीय सरकार सम्मको पटक पटक ध्यानाकर्षण गराएपनि कतैबाट कुनै सुनुवाई नभएपछि गाउँवासी मिलेर साँघु हालिएको स्थानीय दिपक प्रसाद खतिवडा ( खोरिया घरे जेठो)ले वताउनु भयो ।

सांघु निर्माण भएपछि दैनिक कोसीखोला तरेर विद्यालय आवतजावत गर्ने वालवालिका देखि स्थानीयबासीलाई राहत पुगेको छ।

हिउँदका बेला कोसीखोला तर्न खासै समस्या नभएपनि बर्षालागेपछि कठिनाई हुने गरेकाले यो ठाउँमा पक्की पुल निर्माणका लागि नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, वागमती प्रदेशका पूर्व मुख्य मन्त्री अहिलेका प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद पाण्डे लगायतका जनप्रतिनिधिलाई गाउँबासीले पटक पटक अनुरोध गर्दा पनि कुनै सहयोग नपाएको खोरिया घरे जेठोले वताउनु भयो ।


पटक पटक डिपि आर भयो भनेर हामी जस्ता सोझा साझा जनतालाइ झुक्याएर नेताहरू चुनावको बेलामा भोट माग्न आउने अनि चुनाब जितेर गै सके पछि हाम्रो गाउलाइ बेवास्ता गर्ने खालको प्रबित्ती भएको कारण ले गर्दा हामी स्थानीय सर्ब साधारण जनता मिलेर स्थानीय जङ्गल बाट काठ काटेर सामान्री मोटर साइकल र मानिस हिडडुल गर्न मिल्ने फड्के तयार गर्न लागेको ।।यो नेता भनाउदालाइ झारिलो झड्को हुन पनि सक्छ ८४ को चुनावमा ।।