मिस नेपाल नर्थ अमेरिका २०२५ को अन्तिम प्रतिस्पर्धाको लागि धादिङकी स्नेहा रुपाखेती फाइनलमा
1656 पटक पढिएको
- डिन्यूज समाचारदाता
टेक्सास (अमेरिका) – उत्तर अमेरिका महादेशमा बस्ने नेपाली सुन्दरीहरुको प्रतिष्ठित प्रतियोगिता मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनल १९ सुन्दरीहरुको अन्तिम छनौट भई अन्तिम प्रतिस्पर्धाका लागी तयारी गरिरहेका छन् जसमा धादिङ थाक्रे ११ महादेववेशीकी स्नेहा रुपाखेतीले पनि यस वर्ष उपाधिको प्रतिस्पर्धा गरिरहेकी छिन् ।
आगामी अगष्ट ३ तारिखको दिन अमेरिकाको न्यूयोर्कमा हुने ग्रान्ड फाइनलको लागि विभिन्न चरण पार गरेका अन्तिम सुन्दरीहरुले उपाधीको लागि प्रतिस्पर्धा गर्नेछन् । जसकालागी अहिले पव्लिक च्वाइस उपाधि जित्न भोटिङको लागि सुन्दरीहरुले अपिल गरिरहेका छन् ।
ड्रिम्स युनिभर्सलको आयोजनामा विगत सन् २०१८ बाट वार्षिकरुपमा नियमित आयोजना गरिएको प्रतियोगिता को उपाधि विजेताले सिधै मिस नेपाल २०२५ मा भाग लिन पाउनेछन् भने प्रतियोगीहरुलाई विभिन्न टाइटल तथा पुरस्कार बाट पुरस्किृत गरिनेछ । प्रतियोगितामा परिचय राउण्ड, प्रस्नोत्तर राउयड का साथै आफ्ना कला तथा प्रतिभा प्रस्र्तु गर्नेछन् ।
धादिङ थाक्रेकी स्नेहा रुपाखेती ले आफ्नो उपाधिको लडाई धादिङका चेपाङ समुदाय तथा रोडाढुङामा काम गरेर आफ्ना सपना र भविश्य लुटिएका वालवालिकाहरुको उत्थान र आवाजको लागि रहेको बताएकी छिन् । स्नेहा भन्छिन म धादिङको सामुदायिक विद्यालय जनजागृति माध्यमिक विद्यालय थाक्रेबाट माध्यमिक शिक्षा परीक्षा उतिर्ण गरेर यहाँ आइपुगेको छु । तर म संगै अनि मेरो घर समुदाय वरिपरि थुप्रै वालवालिका गरिबी र पारिवारिक अवस्थाका कारण आफ्नो सपनालाई वाध्य भएर भुल्न वाध्य भएका छन् । वालवालिका उमेरमै बाच्नको लागि सङघर्ष गरिरहेका छन् । त्यो मेरो आँखा अगाडी दौडिरहेको छ । परदेशमा समेत मेरो ध्यान ति वालवालिकाको भविश्य प्रति चिन्तित छु । त्यसैले यो प्रतियोगिताको माध्यमबाट ति सपना लुटिएका वालवालिकाहरुको सपना फिर्तागर्ने अठोटका साथ लागिपरेको बताउछिन । हाल अमेरिकाका टेक्सस स्टेट यनिभर्सिटीमा सोसल मेडिया इनोभेसनमा स्नातक गरिरहेकी स्नेहा रुपाखेती गत बर्ष उच्च शिक्षाको लागि अमेरिका गएकी थिइन ।
प्रतियोगितामा धादिङ की हाल टेक्सास बस्ने स्नेहा रुपाखेती सहित , आर्या आचार्य, अमिसा भण्डारी, आर्या कोइराला, विना श्रेष्ठ, दिपा गुरुङ, दिया श्रेष्ठ, हारा सङ सुवेदी, कृष्मा सुवेदी, कुसुम तिमल्सिना, मिङमा शेर्पा, मुना विष्ट, नविना लिम्बु, कुस्मिता खडका, प्रतिमा श्रेष्ठ, सबु बजिमय, संस्कृति पाण्डे, सरिता तामाङ, सुस्जेस्ता पौडेल ले अन्तिम प्रतिस्पर्धा गर्दैछन् ।









Start profiting from your network—sign up today! https://shorturl.fm/N7XQ7
Start earning instantly—become our affiliate and earn on every sale! https://shorturl.fm/Xj7El