डिजेल, मट्टितेल प्रतिलिटर १ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घट्यो
264 पटक पढिएको
काठमाडौं- नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले असार ३१ गते मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, एक सय ४७ रुपैयाँ र एक सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, एक सय ५९ रुपैयाँ र एक सय ६० रुपैयाँ तोकिएको छ।
इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।








Get paid for every click—join our affiliate network now! https://shorturl.fm/CPl9U
Turn referrals into revenue—sign up for our affiliate program today! https://shorturl.fm/p3hSQ
Get started instantly—earn on every referral you make! https://shorturl.fm/OyRzJ
Become our partner and turn clicks into cash—join the affiliate program today! https://shorturl.fm/5ET2j