एमालेको नयाँ विधान: पदाधिकारी ११ जना मात्र, वरिष्ठ उपाध्यक्ष नहुने
236 पटक पढिएको
काठमाडौँ । नेकपा एमालेमा पार्टीको विधानमा नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पदाधिकारी संख्या घटाउनेसहितका नयाँ प्रस्ताव पेश गरेका छन् ।
विधान मस्यौदा समिति तयारीको जिम्मेवारी पाएका पौडेलले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी संख्या घटाउने प्रस्ताव पेश गरेका छन् ।
एमालेको भदौमा हुने विधान अधिवेशन अघि विधानको व्यवस्थामा छलफल शुरु गरेको छ । ललितपुरको गोदावरीमा २०७८ को असोजमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनले पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद थपेको थियो । अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल रहेका छन् । त्यस्तै एमालेमा ६ जना उपाध्यक्ष छन् ।
पौडेलले प्रस्ताव गरेको नयाँ व्यवस्थामा उपाध्यक्षको संख्या पनि घटाएर तीनमा झार्ने प्रस्ताव गरेका छन् । त्यस्तै हाल तीन उपमहासचिवको संख्या घटाएर एकमा सिमित गर्ने प्रस्ताव गरिएको छ भने सचिव संख्या ७ बाट घटाएर ५ बनाउन प्रस्ताव गरिएको छ ।
हाल एमालेमा १९ पदाधिकारी रहेका छन् भने प्रस्तावित विधानमा ११ को पदाधिकारी रहेको छ । सचिवालयमा पुगेको प्रस्तावित विधान शुक्रबार बस्ने पोलिटब्युरो र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा थप छलफल गर्ने बताइएको छ ।








Earn passive income this month—become an affiliate partner and get paid! https://shorturl.fm/ApyN2
Start earning passive income—become our affiliate partner! https://shorturl.fm/e45D3
Share your unique link and earn up to 40% commission! https://shorturl.fm/NQvKK
Refer friends, earn cash—sign up now! https://shorturl.fm/da04F
Unlock exclusive rewards with every referral—enroll now! https://shorturl.fm/rdGuO