राष्ट्रिय सभाको एमालेको प्रमुख सचेतकमा भट्टराई मनोनीत

225 पटक पढिएको

१ श्रावण २०८२, बिहीबार २०:२५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ ।

प्रमुख सचेतक भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि एमालेले प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई दिएको हो ।

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसदीय दलको विधान, २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार भट्टराईलाई राष्ट्रिय सभामा सत्ता पक्षको प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

रुपन्देही तिलोत्तमाका भट्टराई लुम्बिनीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुन् ।