करदाता सेवा कार्यालय गल्छी आन्तरिक राजस्व कार्यालयमा परिणत
495 पटक पढिएको
धादिङको गल्छीमा रहेको करदाता सेवा कार्यालय साउन १ गते देखि आन्तरिक राजस्व कार्यालयमा परिणत भएको छ । धादिङ नुवाकोट र जिल्लाका वासिन्दालाई सेवा दिंदै करदाता सेवा कार्यालयको कार्यक्षेत्र धादिङ, नुवाकोट र रसुवा जिल्ला समेत थप गरी आन्तरिक राजश्व कार्यालयमा विस्तार गरिएको हो । आन्तरिक राजश्व कार्यालय कलंकी र वालाजुले दिंदै आईरहेको सेवा अब गल्छीबाटै प्राप्त हुने भएको हो ।
कार्यालय प्रमुख लक्ष्मी खड्काका अनुसार यसअघि कलंकी कार्यालयबाट मात्र सम्भव हुने करसम्बन्धी अनुसन्धान र कर छलीसम्बन्धी विषयमा अब गल्छीबाटै कारवाही हुनेछ । प्रमुख खड्काका अनुसार कर अनुसन्धानदेखि निगरानीसम्मका सबै सेवा गल्छीबाटै हुने भएको हो ।
यस अघि कर तिर्ने, नविकरण गर्ने सेवा प्रदान गर्दै आएको करदाता सेवा कार्यालयको कार्यक्षेत्र र अधिकार थप भई आन्तरिक राजश्व कार्यालयका रूपमा कार्य विस्तार भएसँगै करसम्बन्धी सम्पूर्ण कार्य सञ्चालन हुने भएको हो ।
कार्यालय विस्तारसँगै जनशक्ति पनि थप भएको कार्यालयले जनाएको छ । पहिले ८ जना कर्मचारीले सञ्चालन गर्दै आएको कार्यालयमा अब नवौं तहका कार्यालय प्रमुखसहित १६ जनाको दरबन्दी कायम गरिएको छ। प्रमुख खड्काका अनुसार करदाताको संख्या समेत बढ्नुका ठूला करदाताहरुलाई समेत कार्यालयले समेट्ने छ ।
कार्यालयको अनुमान अनुसार नुवाकोट, धादिङ र रसुवा जिल्लामा हाल करिब एक लाख करदाताहरू रहेका छन्, जसमा नुवाकोट र धादिङबाट मात्र हाल ६० हजार हाराहारीमा करदाताहरू रहेको जनाइएको छ।








Start profiting from your network—sign up today! https://shorturl.fm/iS85I
Become our partner and turn referrals into revenue—join now! https://shorturl.fm/Jf3VQ
Start earning on autopilot—become our affiliate partner! https://shorturl.fm/0Lkaf
Monetize your traffic with our affiliate program—sign up now! https://shorturl.fm/UCFa6
Earn passive income on autopilot—become our affiliate! https://shorturl.fm/O7by8