मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ

213 पटक पढिएको

४ श्रावण २०८२, आईतवार २०:२५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् ।

प्रहरीले अहिराजलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि अहिराज गत बैशाखदेखि फरार थिए । उनीविरूद्ध २५ वर्षकी महिलाले बलात्कार आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख बनेका थिए ।