अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ पक्राउ पर्नेमा धादिङको गजुरी–८ घर भएकी चमेली ग्याल्वा तामाङ सहित अन्य
289 पटक पढिएको
काठमाण्डौं– अबैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी–८ घर भएकी चमेली ग्याल्वा तामाङ सहित अन्य रहेका छन् ।
काठमाडौं, नागार्जुन नगरपालिका-५ स्थित हलचोक चौताराबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ८ किलो ५ सय ग्राम, पोलेन जस्तो देखिने पदार्थ १ किलोग्राम र नगद १६ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी ३८ वर्षीया चमेली ग्याल्वा तामाङ र काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-७ घर भएकी १९ वर्षीया बिनिता पुरी रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चमेलीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-५ बस्ने १९ वर्षीय गौरव थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बदालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय अशोक कुमार यादव र सोही नगरपालिका-४ खैरी बस्ने ४३ वर्षीय राम प्रसाद रैदास रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ मेनरोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१० बस्ने सप्तरी राजगढ गाउँपालिका-२ घर भएका ३६ वर्षीय अजय सिंह समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, बागमती गाउँपालिका-६ फापरबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रौतहट गौर नगरपालिका-१३ सिर्सिया घर भएका ३१ वर्षीय अमित साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ निसाने डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने ३२ वर्षीय मनोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९५२० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-६ हलेशी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४१ ग्राम ४ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ५ सय ५० ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १ सय ४४ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इनरूवा नगरपालिका-८ बस्ने ३४ वर्षीय मोहमद सफरूल र कोशी गाउँपालिका-५ बस्ने ४८ वर्षीय अशोक कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.३३ प ३१४९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ६० ट्याब्लेट सहित सोही उपमहागनरपालिका-१५ एभरेष्ट लाईन बस्ने २१ वर्षीय विश्व लिम्बुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय अजय कुमार खटिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, कैलारी गाउँपालिका-१ हसुलिया बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १७ ग्राम ४ सय ६० मिलिग्राम सहित भारत लखिमपुर चन्दनचौकी घर भएका २३ वर्षीय अन्सु गुप्तालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप बोहरा र सूर्मा गाउँपालिका-२ बस्ने २८ वर्षीय सागर बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले सन्दिपको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-८ बाँसगढीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय जगदिश थापा मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको १ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
सप्तरी, सुरूङ्गा नगरपालिका-४ बलान पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २६ वर्षीय किरण श्रेष्ठ र कञ्चनपुर घर भएका ३० वर्षीय दिवस पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








https://shorturl.fm/vRNA5
https://shorturl.fm/R0Kko