शिक्षक संगठनका केन्द्रिय पदाधिकारीलाई गल्छीमा सम्मान
458 पटक पढिएको
धादिङ- नेपाल राष्ट्रिय शिक्षक संगठन गल्छी गाउँपालिका समितिले संगठनको १४ औँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित राष्ट्रिय अध्यक्ष हंसबहादुर शाही सहित अन्य पदाधिकारीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
शनिवार गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टार स्थित त्रिपल क्राउन रिसोर्टमा आयोजित एक कार्यक्रमका बिच समितिले केन्द्रिय अध्यक्ष शाहीका साथै महिला उपाध्यक्ष अम्बिका चापागाई, महासचिव प्रकाश खनाल, लेखा आयोग संयोजक राम बहादुर खतिवडा, केन्द्रिय सदस्यहरु थानप्रसाद वसौला, मिरा गिदेल,आङमाया ह्ल्योमो लगायतलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा नेकपा एमाले गल्छीका अध्यक्ष राजकुमार रिमाल, एमाले धादिङका जिल्ला कमिटी सदस्य केशव अधिकारी,गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडा, शिक्षक संगठनका बागमति प्रदेश महासचिव पूर्ण पुरीका साथै संगठनको थाक्रे, गजुरी ,सिद्धलेकका अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका उपाध्यक्ष बैकुण्ठ रिमालले डिन्यूजलाई जानकारी दिनु भयो ।








https://shorturl.fm/bmpbe
https://shorturl.fm/Ea40l
https://shorturl.fm/bZUVy
https://shorturl.fm/DpVOo