कांग्रेसले दिवंगत उप्रेतीको स्मृतिमा नौविसेचोकमा शोक सभा गर्ने

355 पटक पढिएको

७ श्रावण २०८२, बुधबार ०५:५४ सम्पादक: धादिङ न्यूज

धादिङ, ७ साउन । नेपाली कांग्रेस धादिङले पार्टीका पूर्व जिल्ला सभापति दिवंगत भरत प्रसाद उप्रेतीको स्मृतिमा शोक सभा आयोजना गर्ने भएको छ ।

कांग्रेसले साउन ८ गते बिहीबार दिउँसो १ बजे धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ७ नौविसे चोकमा उप्रेतीको स्वर्गारोहणको तेह्रौँ दिनको तिथि पारेर शोक सभा गर्न लागेको हो ।निष्ठावान राजनैतिक व्यक्तिको रुपमा परिचित उप्रेतीको २०८२ असार २८ गते ९७ बर्षको उमेरमा काठमाण्डौंमा निधन भएको थियो ।

नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठका अनुसार उप्रेतीको १३ औँ दिनको तिथिको अवसरमा बिहीबार शोक सभाको आयोजना गर्न लागेको हो  । शोक सभामा पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।