इजरायलको आक्रमणमा गाजामा १७ प्यालेस्टिनीको मृत्यु
205 पटक पढिएको
काठमाडौँ । इजरायलको आक्रमणमा गाजामा १७ प्यालेस्टिनीको मृत्यु भएको छ ।
हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्सका प्रवक्ताका अनुसार बुधबार बिहानदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तिमा १७ प्यालेस्टिनीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चार बालबालिका र एक नवजात शिशु रहेको हमासले बताएको छ । प्रवक्ताले तीन अलग-अलग हवाई आक्रमणमा दुई आवासीय अपार्टमेन्ट र एउटा पाल शिविरलाई लक्षित गरिएको बताए ।
यी आक्रमणहरूमा मारिएका १७ जनामा एकै परिवारका आठ सदस्यहरू छन् । प्रवक्ताका अनुसार आक्रमणमा अन्य २४ जना घाइते भएका छन् । उनले खोज तथा उद्धार टोलीहरू अझै पनि घटनास्थलमा शवहरू हटाउन र घाइतेहरूलाई सहयोग गर्नमा संलग्न छन् ।
इजरायली सेनाले यी घटनाहरूमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।








https://shorturl.fm/OkUy1
https://shorturl.fm/pQk5J
https://shorturl.fm/2dUFY
https://shorturl.fm/yEGco
https://shorturl.fm/tglLu
https://shorturl.fm/LkaYn