रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

250 पटक पढिएको

१४ श्रावण २०८२, बुधबार ११:१७ सम्पादक: धादिङ न्यूज

एजेन्सी । रुसको कामचट्का प्रायद्वीप नजिकै ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार यो जानकारी दिएको हो।

भूकम्पपछि अमेरिकादेखि जापानसम्म सुनामीको चेतावनी जारी गरिएको छ। जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार बिहान ८ः२५ बजे भूकम्प गएको बताएको छ।

एजेन्सीका अनुसार जापानको प्रशान्त तटमा १ मिटर (यार्ड) सम्मको सुनामीको चेतावनी जारी गरिएको छ। अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन।

जापानको एनएचके टेलिभिजनका अनुसार भूकम्प देशका चार ठूला टापुमध्ये सबैभन्दा उत्तरमा रहेको होक्काइडोबाट लगभग २५० किलोमिटर ९१६० माइल० टाढा गएको थियो र यसको धक्का थोरै मात्र महसुस गरिएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रबिन्दु १९।३ किलोमिटर (१२ माइल) गहिराइमा रहेको बताएको छ।

अमेरिकाको अलास्कामा रहेको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले अलास्का अलेउटियन टापुका केही भागमा सुनामीको चेतावनी जारी गरेको छ भने क्यालिफोर्निया, ओरेगन र वासिङ्टन र हवाईलगायत पश्चिमी तटका केही भागको निगरानी गरेको छ।

अमेरिकी सुनामी चेतावनी केन्द्रले जारी गरेको नयाँ चेतावनीमा इक्वेडर र रुसका केही तरूमा ज्वारभाटाको सतहभन्दा ३ मिटर माथिसम्मका छाल आउन सक्ने सम्भावना रहेको उल्लेख छ। साथै चिली, हवाई, जापान, उत्तर-पश्चिम हवाई टापु, सोलोमन टापुका केही तटमा ज्वारभाटाको स्तरभन्दा १(३ मिटर अग्ला छाल आउन सक्ने अनुमान गरिएको छ।