संसदीय दलको नेताको हैसियत गुमाएका बहादुर सिंहले वागमती प्रदेशमा थपे तीन मन्त्री गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री
372 पटक पढिएको
मकवानपुर । संसदीय दलको नेताको हैसियत गुमाएका वागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले तीन जना मन्त्री नियुक्ती गरेका छन् ।साउन १३ गते मात्र कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएका मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
संसदीय दलको नेताको हैसियत खोसिएपछि संकटमा परेका मुख्यमन्त्री लामाले साउन १४ गते बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्ति दिएका हुन्।नवनियुक्त मन्त्रीको पद बहादुर सिंहको पदावधि संगै सकिनेछ ।
आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त लम्साल नेपाली काँग्रेस वागमती प्रदेशको संसादीय दलको सचेतक पदमा रहेका थिए । लम्साल धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ( क) बाट निर्वाचित सांसद हुन ।
साउन १३ गते भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्।
उनले संसदीय दलमा आफ्नाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने सांसद इन्द्रबहादुर बानियाँको समूहलाई समर्थन गर्न पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेकामध्ये तीन स्थान परिपूर्ति गरेका हुन्।








https://shorturl.fm/b4mAz
https://shorturl.fm/2PahC
https://shorturl.fm/rAlN7
https://shorturl.fm/M3oGf