तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने
203 पटक पढिएको
काठमाडौं, १४ साउन । तराई मधेसमा सिंचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ ।
पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो आकस्मिक निर्णय लिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याइसकेको जानकारी दिएका छन् ।
‘तराईमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको छ, सिँचाइका लागि किसानलाई प्रति युनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार यो योजना सिँचाइको पहुँच नपुगेका तराई क्षेत्रका किसानलाई लक्षित गरेर सुरु गरिएको हो। सस्तो दरमा बिजुली उपलब्ध गराइँदा सिँचाइको लागत घट्ने र किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने विश्वास लिइएको छ।
तराईका धेरै भूभागमा जमिन खेतीयोग्य भए पनि सिँचाइको स्थायी पहुँच नहुँदा किसानहरू मौसममा भर पर्न बाध्य छन्। यस वर्ष वर्षात् नभएको कारण किसानले लगाएको धान डढेर गएको छ भने जमिनहरूमा धाँजा फाटेको प्रत्यक्ष अनुगमन गरेर आएका प्रधानमन्त्रीले सोही दिन ५ सयवटा डिप बोरिङ दिने घोषणा गरेका थिए ।
जसको कामले तिब्रता पाएको उनले जानकारी दिएका हुन् ।








https://shorturl.fm/0fOl9
https://shorturl.fm/4eXH2
https://shorturl.fm/h3xkw
https://shorturl.fm/flwjI
https://shorturl.fm/VuuNE