मुग्लिन-पोखरा सडकको ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

210 पटक पढिएको

१८ श्रावण २०८२, आईतवार १८:११ सम्पादक: धादिङ न्यूज

मुग्लिन । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । हाल प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ ।

पार्किङ गरि राखेको बस अचानक पछाडी सरेर दुर्घटना हुँदा घाइते ५ जनामध्ये २ जना गम्भीर रहेकोे इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।