मुक्रापदेवी माविमा कक्षा कोठा भित्र भल पसेर पठन पाठनमा समस्या

436 पटक पढिएको

८ भाद्र २०८२, आईतवार ०८:२४ सम्पादक: धादिङ न्यूज

धादिङ- कक्षा कोठामा भलबाढी पसेर पठन पाठनमा समस्या भएपछि धादिङको रुवीभ्याली गाउँपालिकाको बोराङमा रहेको मुक्रापदेवी माविका शिक्षक र बिद्यार्थी मिलेर कुलो मर्मत तथा व्यवस्थापनको प्रयास गरेका छन् ।

बिद्यालय संगै रहेको कुलो मर्मत तथा व्यवस्थापनका लागि कसैले चासो नदेखाएपछि बिद्यालयको पठन पाठननै रोक्ने गरी कक्षा कोठा भित्र पसेको भलवाढी सरसफाई र कुलो मर्मत गरिएको बिद्यालयका प्रधानाध्यापक तिर्थराज सुवेदीले बताउनु भयो ।

भलवाढीले पारेको समस्यालाई सम्वोधन गरिदिन विभिन्न निकाय संग गरिएको अनुरोध व्यर्थ भएपछि शिक्षकहरुसंग सरसल्लाह गरी एक दिनको समय दिएर शिक्षक बिद्यार्थी मिलेर कुलो व्यवस्थापन र सरसफाई गरिएको प्रअ सुवेदीले जानकारी दिनु भयो ।

कक्षा कोठामा पसेको भलवाढीले पारेको क्षतीलाई आगामी दिनमा नियन्त्रण गर्न कुलोलाई दिगोढंगले व्यवस्थापन गर्नुपर्ने भएकाले बिद्यालय संग आर्थिक श्रोत नभएकाले अहिलेका लागि भलबाढी रोक्ने उपाय खोजी गरि पठजपाठनलाई नियमति गर्न लागिएको बिद्यालयले जनाएको छ ।

बिद्यालयसंगै रहेको खोल्सोमा आएको बाढी कक्षा कोठा भित्र पसेर हिलाम्मे हुनुका साथै कक्षाकोठाका सामाग्रीहरुमा समेत क्षती हुने गरेको छ । खोल्सालाई व्प्यवस्थित गरिदिन विभिन्न निकायसंग अनुरोध गरेपनि कसैले चासो नदिंदा हरेक बर्ष बर्षायाममा बिद्यालयमा भलबाढी पस्ने गरेको स्थानीय बताउँछन् ।