सुन चाँदी दुबैको बढयो मुल्य
335 पटक पढिएको
काठमाडौं । आज पनि सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ । जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ, जबकी गत शुक्रबार २ हजार ३१० मा कारोबार भएको थियो ।








https://shorturl.fm/j430W