चट्याङ लागेर पिपलनलाङमा भैँसी ठहरै
395 पटक पढिएको
धादिङ- गएराति धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ पिपलनलाङमा चट्याङ लागेर गोठमा बाँधिराखेका एउटा भैंसी मर्नुका साथै घर गोठमा समेत क्षती पुगेको छ ।
घटनाको जानकारी आएपछि सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले आईतबार घटनास्थल पुगेर क्षतीको बिबरण अनुगमन गर्नु भएको छ ।
चट्याङले सिद्धलेक गाउँपालिका वडा नम्बर १ पिपलनलाङका पदम बहादुर सिलवाल (बिचारी )को गोठमा रहेको एउटा भैँसी मर्नुका साथै गोठ र घरमा समेत क्षती पुगेको गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले जानकारी दिनुभयो ।








https://shorturl.fm/wdLol