काठमाण्डौंमा शान्त छिमेकी अभियानका लागि प्रहरीले जारी गर्यो कडा उर्दी
325 पटक पढिएको
काठमाडौं- काठमाडौं प्रहरीले ‘शान्त छिमेकी अभियान’ सुरु गर्दै ध्वनि प्रदूषण नियन्त्रणका लागि विशेष उर्दी जारी गरेको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार अनावश्यक ठूलो आवाजका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धामा असर परेकाले यस्तो कदम चालिएको हो ।
प्रहरीले राति अबेरसम्म ठूलो स्वरमा गफगाफ नगर्न, भाँडाकुँडा नठोक्काउन, उच्च आवाजमा संगीत नबजाउन र फोन गर्दा हेडफोन प्रयोग गर्न आग्रह गरेको छ ।
बिहान अनावश्यक खोक्ने–खकार्ने, गेट खोल्दा ठूलो आवाज गर्ने, सवारी स्टार्ट गर्दा ध्वनि प्रदूषण गर्ने कार्य रोक्न पनि सुझाव दिइएको छ ।
यस्तै, राति अबेर शौचालय फ्लस गर्दा वा प्रेसर कुकरमा सिटी बजाउँदा सावधानी अपनाउन प्रहरीले भनेको छ ।
कार्यालयका अनुसार ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि सम्बन्धित निकायले तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ ।








https://shorturl.fm/pAd60