आज राति खग्रास चन्द्रग्रहण, नेपालसहित विश्वका धेरै देशबाट देखिने

414 पटक पढिएको

२२ भाद्र २०८२, आईतवार ०७:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको मध्य हुने भने राति १: ४१ बजे ग्रहण सकिने समितिले जनाएको छ ।

काठमाडौँबाट करिब साढे तीन घण्टा चन्द्रग्रहण देखिने छ । २०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

शास्तीय मान्यता अनुसार ग्रहण लग्नु ९ घण्टा अगाडी सुतक लाग्ने भएकाले बाल, वृद्ध, आतुर, दीर्घरोगी बाहेक अरुलाई भोजन र शयन निषेध गरेको छ । चन्द्र ग्रहणको मेष,  बृष, कन्या र धनु राशि भएकाहरुलाई शुभ र मिथुन, कर्कट, सिह, तुला, बृश्चिक, मकर, कुम्भ र मिन राशि भएका ब्यक्तिलाई अशुभ हुने मानिएको छ ।

यो चन्द्र ग्रहण यस वर्षको दोस्रो हो तर नेपालबाट देख्न सकिने चन्द्र ग्रहणका रूपमा यस वर्षको यो पहिलो चन्द्र ग्रहण हो । नेपाल सहित युरोपको उत्तरपूर्वि भाग, एसियाका सम्पूर्ण देशहरू, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टीक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो चन्द्र ग्रहण देखिने बताइएको छ ।

यो एउटा चन्द्रमाको सामान्य बृत चक्र हो जहाँ सूर्य र चन्द्रको बिचमा पृथ्वी पर्न जान्छ । यस समयमा पृथ्वी, चन्द्र र सूर्यबिचको दूरी सबैभन्दा थोरै हुन्छ । यस क्रममा पृथ्वीको छाया चन्द्रमा देखिन्छ, चन्द्र नै प्रकाशको अभावमा र पृथ्वीको छायाले कालो देखिन्छ र यो नै चन्द्र ग्रहण हो ।

ग्रहणको आंशिक छाया भएमा खण्डग्रास र पूर्ण छाया भएमा खग्रास चन्द्र ग्रहण भएको भनिन्छ । सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सङ्कट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ ।

ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।

 ग्रहणको समय

ग्रहण आज राति करिब १०:११ बजे स्पर्श गर्नेछ। त्यसपछि राति ११:५६ बजे मध्य चरणमा पुग्नेछ भने १:४१ बजे सकिनेछ। यसरी करिब साढे तीन घण्टासम्म चन्द्रग्रहण देख्न सकिने समितिले जनाएको छ।

 यस वर्षका ग्रहण

नेपालबाट देख्न सकिने हिसाबले यो वर्षको पहिलो चन्द्रग्रहण आज राति पर्छ। तर यो २०८२ सालको दोस्रो ग्रहण हो।
आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्नेछ। चन्द्रग्रहण सधैं पूर्णिमामा र सूर्यग्रहण औंसी तिथिमा मात्र लाग्ने ज्योतिष शास्त्रमा उल्लेख छ।

 शास्त्रीय मान्यता र सुतक

शास्त्रीय मान्यताअनुसार ग्रहण लाग्नुअघि ९ घण्टा अगाडि सुतक लाग्ने मानिन्छ।

* यस अवधिमा बालबालिका, वृद्ध, रोगी र दीर्घरोगी बाहेक अरुलाई भोजन तथा शयन निषेध गरिएको हुन्छ।
* ग्रहण अवधिभर प्रार्थना, कीर्तन भजन र ध्यानमा बस्ने चलन छ।
* ग्रहण समाप्त भएपछि स्नान गर्ने र दानपुण्य गर्ने धार्मिक परम्परा रहिआएको छ।

राशिमाथि प्रभाव

ज्योतिषीय गणनाअनुसार यो ग्रहणले केही राशिमा शुभ फल ल्याउनेछ भने केही राशिमा अशुभ प्रभाव पार्नेछ।

शुभ हुने राशिः मेष, वृष, कन्या र धनु।
अशुभ हुने राशिः मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन।

 वैज्ञानिक दृष्टिकोण

चन्द्रग्रहण पृथ्वी सूर्य र चन्द्रमाबीच पर्न जाँदा हुने प्राकृतिक खगोलिय घटना हो। यस अवस्थामा पृथ्वीको छायाले चन्द्रमा ढाक्छ र चन्द्रमाबाट आउने प्रकाश अवरुद्ध हुन्छ।

* आंशिक छायामा पर्नुलाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ।
* पूर्ण छायाले ढाक्दा खग्रास चन्द्रग्रहण हुन्छ।

वैज्ञानिक दृष्टिले ग्रहणलाई सामान्य घटना मानिन्छ। तर संस्कृतिमा ग्रहणलाई मानवीय भावनात्मक व्यवहार र सामाजिक अन्तरक्रियामा असर पार्ने विश्वास रहिआएको छ।

कहाँ–कहाँ देखिन्छ?

यो चन्द्रग्रहण नेपालसहित

* युरोपको उत्तरपूर्वी भूभाग
* सम्पूर्ण एशिया
* अस्ट्रेलिया
* उत्तरी अमेरिका
* एटलान्टिक र प्यासिफिक महासागरका किनार क्षेत्रहरूबाट देख्न सकिनेछ।

परम्परा र व्यवहार

ग्रहण अवधिभर खानपान नगरी कीर्तन, भजन वा ध्यान गर्ने र ग्रहण सकिएपछि खोला, तलाउ वा तीर्थस्थलमा स्नान गर्ने चलन प्राचीन कालदेखि आजसम्म जीवित छ।