एम्बुलेन्स मार्फत गाँजाको तस्करी, ९० किलो गाँजा सहित गजुरीबाट दुई जना पक्राउ

420 पटक पढिएको

२३ भाद्र २०८२, सोमबार ०६:१६ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङमा एम्बुलेन्स प्रयोग गरी ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा ओसार्ने दुई जना पक्राउ परेका छन्।

गजुरी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले गए राति मे–१ च १५२२ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा ९० किलो ६ सय ४० ग्राम गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–९ खैराङका २५ वर्षीय प्रेम तामाङ र काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने २४ वर्षीय सन्तोष राई रहेका छन्। सन्तोष उक्त एम्बुलेन्स चालक थिए भने प्रेम सवारीसाधनमा यात्रुका रुपमा सवार थिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

एम्बुलेन्स जस्तो संवेदनशिल सवारीसाधनको दुरुपयोग गर्दै  अवैध गाँजा ओसार्ने कार्यले गम्भिर प्रश्न खडा गरेको छ ।

  • एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर