जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

390 पटक पढिएको

२३ भाद्र २०८२, सोमबार १५:५५ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २३ भदौ । राजधानीमा जारी जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार दिउँसो साढे ३ बजेसम्म उपत्यकाका विभिन्न अस्पतालमा उपचारका क्रममा १३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

मृतकमध्ये ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, केएमसी अस्पतालमा १ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यद्यपि प्रदर्शनमा घाइते हुनेहरूको आधिकारिक विवरण भने अझै प्राप्त हुन सकेको छैन ।