सदरमुकाम धादिङवेसीमा दिउँसो पाँच वजेबाट अनिश्चितकालिन कर्फ्यू आदेश
491 पटक पढिएको
धादिङ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भड्किएको जेन–जी आन्दोलनको प्रभाव धादिङमा समेत देखिएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय धादिङले सदरमुकाम धादिङबेसीमा दिउँसो ५ बजेपछि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम दिउँसो १२ बजेबाट जिल्लाभरका लागि जारी गरेको जारी गरेको कर्फ्यू कायमै रहेको छ ।
भदौ २५ गते दिउँसो प्रकाशित भएको सूचना अनुसार कर्फ्यू अवधिमा नीलकण्ठ नगरपालिकाको निश्चित क्षेत्र भित्र मानिस हिंडडुल गर्न,सभा, जुलुस, धर्ना, प्रदर्शन लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । साथै, अत्यावश्यक बाहेक कुनै पनि नागरिकलाई घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
कर्फ्यू आदेश जिल्ला सदरमुकाम धादिङबेसीभित्र लागू हुने जनाइएको छ । जसमा पूर्वमा इजारा चौतारा, पश्चिममा धादिङबेसी–सल्यानटार सडक, उत्तरमा थोपलखोला र दक्षिणमा अरुङ खोलासम्मको क्षेत्र पर्दछ ।
यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोगका सवारी साधन र हवाइ यात्रुहरुलाई भने कर्फ्यू अवधिमा पनि आवागमनमा सहजता गराइने जनाइएको छ ।








https://shorturl.fm/rmpOh