धादिङमा कारागारबाट भाग्न खोज्नेलाई सेनाले हान्यो गोली एक जनाको ज्यान गयो, सात जना घाईते ,दुई जनाको अवस्था गम्भिर
497 पटक पढिएको
धादिङ । कारागारबाट जवर्जस्त भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर धादिङमा एक जनाको मृत्यु भएको छ । मृतक ७५ बर्षिय भएको खुले पनि नाम र ठेगाना भने खुलाईएको छैन । उनी कुन कसुरमा कहिले देखि जेलमा रहेका थिए भन्ने पनि खुलेको छैन ।अन्य सात जना घाईते भएका छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।
प्रहरीको गोली लागेर गम्भिर घाईते हुनेमा धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ७ घर भएका ८५ बर्षिय डम्बर बहादुर दहाल र गजुरी गाउँपालिका वडा नम्बर ७ घर भएका कृष्ण बहादुर मोक्तान रहेका छन् ।
यसै गरी अन्य घाईतेहरुमा त्रिपुरासुन्दरी १ का ४२ बर्षिय कपिल परियार र ४६ बर्षका देवराज अधिकारी, गजुरी ८ का ४२ बर्षका मेमबहादुर तामाङ,नीलकण्ठ–७ का ४१ बर्षका रामशरण परियार र नेत्रावती डवजङ ५ का ३४ बर्षका विकास गुरुङ रहेका छन् ।
उनीहरुले बुधवार विहानै देखी रवि लामिछानेलाई जस्तै आंफुहरुलाई पनि जेल बाट निकाल्नु पर्ने माग राख्दै कारागारमा आगजनी, तोडफोड र प्रदर्शनी गरेका थिए ।
कैदीबन्दी भाग्न खोजेपछि पछि कारागारमा तनावको स्थिति सिर्जना भएको थियो । कारागारबाट भाग्न खोज्ने कैदी वन्दीलाई नेपाली सेनाले गोली प्रहार गरेको थियो ।
गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो ।
घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ । गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौं पठाइएको छ ।
जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।









https://shorturl.fm/CEwrq