नख्खु कारागारबाट फरार तीन कैदी धादिङमा पक्राउ
591 पटक पढिएको
धादिङ – नख्खु कारागारबाट मंगलबार फरार भएका तीन जना कैदी धादिङको गल्छी–बैरेनी क्षेत्रमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राई रहेका छन्। उनीहरू सबै जवरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए।
भैरवनाथ गण, गजुरीका कर्णेल अशिम श्रेष्ठ का अनुसार कैदीहरू लुक्दैछिप्दै हिँडिरहेका अवस्थामा नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएको हो।
हाल नियन्त्रणमा रहेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाइएको छ।








https://shorturl.fm/3nfW4