आजवाट धादिङका सार्वजनिक यातायात सञ्चालन हुने

433 पटक पढिएको

२८ भाद्र २०८२, शनिबार ०७:४५ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङबाट आजदेखि नियमित रुपमा   यातायात सञ्चालन हुने भएका छन् । भदौ २३ देखि शुरु भएको जेनजी आन्दोलनका कारण धादिङ,काठमाण्डौं लगायत देशैभरीको स्थिती तानवग्रस्त हुन थालेपछि सरकारले निषेधाज्ञा जारी गरेको कारण भदौ २५ गते देखि धादिङबाट सञ्चालन हुने सार्वजनिक यातायात वन्द गरिएको थियो ।

धादिङ जिल्लाबाट राजधानी काठमाण्डौं लगायत विभिन्न जिल्लामा बस सेवा संचालन गर्दै आईरहेको धादिङ मण्डली यातायात प्रा.लि.ले भदौ २७ गते सूचना जारी गर्दै भदौ २८ गते शनिवार जिल्लाबाट सार्वजनिक यातायात संचालन हुने जानकारी दिएको हो ।

कम्पनीका प्रवन्धक राजेश प्रजापतीका अनुसार धादिङ मण्डली यातायात र ग्रामीण यातायात धादिङ प्रा.लि.को संयुक्त क्यु डायल रहेको र दुवै कम्पनीबाट जिल्ला भित्र र जिल्लाबाहिर संचालन भएका बसहरुले शनिवार विहान देखि नियमित सेवा दिन लागेको हो ।