जेन–जी आन्दोलन र हिंसामा संलग्न व्यक्तिहरूको छानबीन गर्न एमाले नेता महेश बस्नेतको माग

300 पटक पढिएको

२९ भाद्र २०८२, आईतवार १४:०१ सम्पादक: धादिङ न्यूज

काठमाडौँ – नेकपा एमालेका नेता पूर्वमन्त्री महेश बस्नेतले जेन–जी आन्दोलनलाई हिंसात्मक बनाउने मुख्य व्यक्तिहरूको पहिचान गरी छानबीन गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा आफ्ना विचार सार्वजनिक गरेका छन्।

बस्नेतले विशेषगरी ज्वाला संग्रौला, भाग्य न्यौपाने, टंक दाहाल, राजीव खत्री र अन्य कलाकार तथा सेलिब्रिटीहरूलाई युवाहरूलाई उत्तेजित गरी हिंसा, आगजनी र मेनुपुलेसन गर्न उकास्ने काम गरेको आरोप लगाएका छन्।

उनले नेताहरूको घरबाट भेटिएको भनिएको धन–संपत्ति सम्बन्धी हल्लाको सत्यता छानबिन गरी कानूनी दायरामा ल्याउनुपर्ने पनि बताएका छन्। बस्नेतले नेतालाई एउटै थैलीमा राखेर आरोप नलगाउन र व्यक्तिगत तथ्यहरूको आधारमा कारबाही आवश्यक रहेको बताएका छन्।

बस्नेतका अनुसार, झापाका मेयरको घरमा ८० किलो सुन भेटिएको, गोकुल बास्कोटाको घरमा ७० करोड रहेको, महेश बस्नेतको घरमा पैसा पैसा भएको सेफ भेटिएको लगायतका हल्ला गलत तरिकाले फैलाइएको हुन्। उनले यो सबै हल्ला र अफवाह फैलाउने  व्यक्तिलाई नियन्त्रणमा लिई उनिहरुले लगाएको आरोपको पुष्टि गर्न लगाउनु पर्ने सुझाव दिएका छन् ।