धादिङवेशी–तिप्लिङ सडकको घाम्साको पहिरोको अवरोध हटाउन पहल
356 पटक पढिएको
धादिङ । अविरल वर्षाका कारण धादिङवेशी–साङकोष–तिप्लिङ सडक (दामन पाख्रिन मार्ग) का विभिन्न खण्डमा पहिरो खस्दा आवतजावत अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।
आगामी चाडपर्व नजिकिँदै गर्दा यस सडकमार्गमा यात्रुहरूको चाप बढ्ने भएकाले खनियाबास गाउँपालिका–४ घाम्सामा गएको पहिरोले रोकिएको सडक संचालनमा ल्याउन पहल थालिएको हो । स्थानीय जनप्रतिनिधि र युवाहरूको समन्वयमा आजदेखि ग्याविङ वाल निर्माण कार्य सुरु गरिएको रुवीभ्याली गाउँपािलकाका अध्यक्ष रामसिंह तामाङले वताए ।
गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार सडक सञ्चालनलाई द्रुत गतिमा अघि बढाउन पुर्वाधार विकास कार्यालय धादिङसँग पनि निरन्तर समन्वय भइरहेको छ । सम्भवतः यसै हप्ताभित्र सडक खुलाएर रुवी भ्याली गाउँपालिकासम्म यातायात संचालन गर्ने लक्ष्य राखिएको तामाङले वताए ।








https://shorturl.fm/sYTnE