थांक्रेका गोकुल त्रिशूली नदीमा हामफालेर वेपत्ता

410 पटक पढिएको

३१ भाद्र २०८२, मंगलवार १५:०४ सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ जिल्लाको थांक्रे गाउँपालिका–४, धैरेनी निवासी ६० वर्षीय गोकुल बहादुर अर्याल त्रिशूली नदीमा हामफालेर वेपत्ता भएका छन्।

भदौ ३१ गते  मंगलबार विहान गल्छी गाउँपालिका–६ महेशदोभानबाट कल्लेरीको मस्टार तर्फ जाने झोलुङ्गे पुलबाट त्रिशूली नदीमा हामफाल्नु अघि उनले आफ्नो परिचय पत्र र छिमेकीको नम्बर लेखिएको कागज पुलमा छाडेको भेटिएको छ । पत्रमा उनले आफ्नो परिचय खुलाएर छिमेकीमा आंफुलाई थाहा भएको नम्बर भन्दै कृष्णबहादुर भण्डारीको मोवाईल नम्बर भनेर लेखेका छन् । पत्रमा आफ्नो परिवारमा २ भाई छोरा र सबैलाई नमस्कार लेख्दै आफ्नो बारेमा टेन्सन नलिन  लेखेका छन् ।

थांक्रे गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक परिचय पत्रका साथमा अर्यालले कापीको पाना च्यातेर लेखेको पत्र पुलमै छाडेर पुलबाट हामफालेपछि देखेर उद्धारको प्रयास गरेपनि सम्भव नभएको स्थानीय प्रकाश भण्डारीले बताए ।

हालसम्म अर्यालले आत्महत्या प्रयास गर्नुको कारण खुल्न सकेको छैन। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उनको खोजी कार्य जारी रहेको छ।