‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाउनेको सम्झनामा आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा
358 पटक पढिएको
काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति सम्मानस्वरूप आज देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते बुधबारलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने घोषणा गरिएको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ। सो दिन सबै निकायमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
भदौ २३ र २४ गते भएका ‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षा निकायसँगको झडपमा परी धेरैले ज्यान गुमाएका थिए। मृतकको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले शोक दिवसको सूचना सार्वजनिक गरेको हो।








https://shorturl.fm/1D2mc