संविधान दिवसमा नेपाली कांग्रेस धादिङको विशेष कार्यक्रम
333 पटक पढिएको
धादिङ – नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले संविधान दिवस २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
आयोजक समितिका अनुसार कार्यक्रमको केन्द्रविन्दु संविधानको रक्षा र कार्यान्वयन रहनेछ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्र तथा प्रदेश सदस्यहरू, प्रदेश सभा सदस्यहरू, महासमिति सदस्यहरू, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, क्रियाशील सदस्य, बुद्धिजीवी, व्यवसायी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति रहनेछ।
कार्यक्रम आगामी असोज ३ गते (शुक्रबार) दिउँसो ११:३० बजे धादिङबेसीस्थित बीपी स्मृति भवनमा हुने जानकारी नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले दिएका छन्।








https://shorturl.fm/2prC2