गङ्गाजमुना –५ मा शिक्षक सम्मेलन तथा प्रोत्साहन कार्यक्रम सम्पन्न

352 पटक पढिएको

४ आश्विन २०८२, शनिबार ०८:५७ सम्पादक: धादिङ न्यूज

धादिङ ।गङ्गाजमुना गाउँपालिका–५ ले राष्ट्रिय शिक्षा दिवस–२०८२ को अवसरमा वडा स्तरीय शिक्षक सम्मेलन वडास्तरीय शिक्षक सम्मेलन तथा प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा २५ जना उत्कृष्ट विद्यार्थी, ४९ जना समर्पित शिक्षक तथा ६ वटा विद्यालयलाई सम्मान गरिएको थियो।

सम्मेलनको अध्यक्षता वडा अध्यक्ष कुमारबहादुर अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी रहनुभएको थियो। सोही अवसरमा गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिम्खडाको विशेष आतिथ्यता रहेको थियो ।

 शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने विद्यार्थी, शिक्षक र संस्थालाई सम्मान गरिनुका साथै  शिक्षा क्षेत्रको गुणस्तरीय सुधारका विषयमा छलफल समेत भएको थियो ।