दशैंमा गाउँआउने स्थानीयलाई गजुरी गाउँपालिकाको निःशुल्क बस सेवा

279 पटक पढिएको

५ आश्विन २०८२, आईतवार २३:०५ सम्पादक: धादिङ न्यूज

धादिङ,५ असोज  । नेपालीहरुको महानपर्व दशैंका लागि राजधानी काठमाण्डौंबाट गाउँ आउने गाउँवासीलाई सहज यात्राका लागि गजुरी गाउँपालिकाले निःशुल्क बस सेवा दिने भएको छ ।

दशैं २०८२ लाई लक्षित गरी गजुरी गाउँपालिकाले काठमाडौँ बाट गाउँ फर्कने स्थानीयवासीका लागि निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको हो ।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार  असोज ११, १२ र १३ गते तोकिएको समयमा बस छुट्नेछ। निःशुल्क सवारी सुविधा लिन चाहनेले नागरिकता वा मतदाता परिचयपत्रसहित गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका स्वकिय सचिव सुमन लो तामाङलाई ९८६९३५१३४५ मा  जानकारी गराई अग्रिम सिट सुरक्षित गर्नुपर्नेछ।

अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार दशैंमा घर फर्किने  स्थानीयलाई सहजता दिलाउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

दुई वटा बस मार्फत असोज ११ देखि १३ गते सम्म काठमाण्डौंको स्युचाटार पुल, वाफलबाट गजुरी गाउँपालिका आउने स्थानीयलाई  निःशुल्क ल्याउन लागिएको हो । सो बसले काठमाण्डौंबाट बेल्खु देखि मलेखु सम्म सेवा दिनेछ ।

  • एआईको सहयोगमा बनाईएको काल्पनिक तस्बिर