१८ घण्टापछि जवाङ खोलाको पहिरो पन्छाइ पृथ्वीराजमार्ग सुचारु
235 पटक पढिएको
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक खण्डमा दुईतर्फी सवारी आवागमन सुरु भएको छ।
निरन्तर पहिरो खस्दा करिब १८ घण्टा अवरुद्ध बनेको पृथ्वीराजमार्ग मंगलबार दिउँसोबाट सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
अचानक खसेको पहिरोका कारण यात्रुहरू अलपत्र परेका थिए भने आपतकालीन सेवाका सवारी साधन सञ्चालनमा पनि कठिनाइ भएको थियो। सडक सफा भएसँगै स्थानीयवासी र यात्रुहरूले सहज महसुस गरेका छन्।
प्राकृतिक विपद्को कारण बारम्बार अवरुद्ध हुने यो खण्डमा आगामी दिनमा थप सतर्कता आवश्यक रहेको सरोकारवालाले बताएका छन्।








https://shorturl.fm/qvBAB