सुत्र प्रणालीमा समस्या, स्थानीय तहमा तलव निकासा नहुने सम्भावना
278 पटक पढिएको
काठमाडौं- महालेखा नियन्त्रक कार्यालयले हाल सञ्चालनमा रहेको स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली ( सुत्र)मा समस्या आएको जनाएको छ।महालेखाको सुत्र प्रणालीमा समस्या आउँदा बिशेषगरी स्थानीय तहमा प्रत्यक्ष असर पर्ने भएको छ ।
कार्यालयले देशभरका स्थानीय तहलाई असोज ७ गते परिपत्रजारी गर्दै सार्वजनिक गरेको सूचना अनुसार २०८२ भदौ २४ गते देखि उत्पन्न देशको असहज अवस्थाका कारण सुत्र प्रणाली ठप्प भई सेवा अवरुद्ध भएको हो। यसले गर्दा सम्बन्धित निकायहरूमा दैनिक लेखापरीक्षण, भुक्तानी, राजस्व संकलन लगायतका काम प्रभावित भएको कार्यालयले जनाएको छ।
यद्यपि,कार्यालयले विकल्पका रूपमा आवश्यक भुक्तानी र राजस्व संकलनका कार्य क्यास बुक तथा म्यानुअल प्रणालीमार्फत गर्न सकिने जानकारी दिएको छ। सुत्र प्रणाली पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भएकाले सम्बन्धित कार्यालयलाई तत्काल म्यानुअल प्रणालीमार्फत कार्य गर्न अनुरोध गरिएको छ।
कार्यालयका अनुसार, हाल समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको छ र असोज ११ गतेभित्र प्रणाली पुनः सुचारु हुने अपेक्षा गरिएको छ।








https://shorturl.fm/5diRO
https://shorturl.fm/qvBAB
https://shorturl.fm/HkTPV