आज देशका केही भागमा वर्षाको सम्भावना

250 पटक पढिएको

९ आश्विन २०८२, बिहीबार ०६:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको प्रभाव बढी रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली देखिएको छ भने बाँकी प्रदेशमा आंशिक बदली भएको छ। यसैबीच बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ।

आज दिनभर देशका पहाडी भू-भागमा सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी र कर्णालीका पहाडी भागका थोरै ठाउँमा तथा अन्य प्रदेशका एक-दुई ठाउँमा मेघगर्जनसहित वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाको मौसमी सूचना अवलोकन गर्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।