बालेन साह र सुदन गुरुङ बिरुद्ध धादिङमा पनि अखिलले दियो जाहेरी

924 पटक पढिएको

२२ आश्विन २०८२, बुधबार २०:४७ सम्पादक: धादिङ न्यूज

धादिङ,२२ असोज ।  एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र (बालेन) शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएको छ ।

जेन-जी आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेकोले शाह र गुरुङविरुद्ध किटानी जाहेरी दिएको अनेरास्ववियुका धादिङ संयोजक सविन नेपालले  बताए ।

बुधवार जिल्ला प्रहरी कार्यालय धादिङमा गएर अनेरास्ववियु धादिङका संयोजक सविन नेपाल सहितको बिद्यार्थी टोलीले ‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा बालेन्द्र साह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

भदौ २३ र २४ गते जेन जीले गरेको प्रदर्शन दबाउन भूमिका खेलेको भन्दै तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी कारबाही गर्न जेन जीहरूले सरकारलाई दबाब दिइरहेका छन् । पार्टी अध्यक्ष ओलीलाई पक्राउ गर्न जेएनजीहरूले दबाब बढाएसँगै नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जेन जी अगुवा गुरुङ र काठमाण्डौं महानगर प्रमुख साह विरुद्ध देशैभरबाट  उजुरी दिनका हुन् ।