साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्ज्लोलाई प्रदान

517 पटक पढिएको

२४ आश्विन २०८२, शुक्रबार ०५:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्ज्लो क्रास्ज्नाहोर्काईलाई प्रदान गरिएको छ ।

विहिबार स्विडिश एकेडेमीले उनका कृतिहरू गहिरो प्रभावशाली र दूरदर्शी भएको बताउदै संसारमा विनाश र डरको बीचमा पनि उनले कलाको शक्ति प्रदर्शन गरेको बताएको छ ।

लास्ज्लो क्रास्ज्नाहोर्काईले गहिरो विचारोत्तेजक, उदास कथाहरू लेख्छन् । उनका पुस्तकहरू ‘स्याटान्टाङ्गोस’ र ‘द मेलान्कोली अफ रेजिस्टेन्स’ लाई फिल्ममा रूपान्तरण गरिएको छ ।

गत बर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी लेखिका हान काङलाई प्रदान गरिएको थियो ।

विजेताले १ करोड १० लाख स्विडिश क्रोना, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कारहरू डिसेम्बर १० मा स्टकहोममा दिइने छ ।