भाइटीकाको साइत कात्तिक ६ गते ११ः३९ मा
284 पटक पढिएको
काठमाडौं । यस वर्षको भाइटीका (तिहार) को शुभसाइत कात्तिक ६ गते दिउँसो ११ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ ।
समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार भाइटीका लगाउने बेला दिदीबहिनीले पूर्व फर्केर दाजुभाइलाई टीका लगाउनुपर्नेछ भने दाजुभाइले पश्चिम फर्केर टीका लगाउनुपर्नेछ ।
तिहारको पाँचौँ दिन मनाइने भाइटीका दाजुभाइबीचको आत्मीयता, प्रेम र स्नेहको पर्व मानिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै टीका–माला लगाउने परम्परा छ ।








https://shorturl.fm/06gRK