धादिङमा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

196 पटक पढिएको

२९ आश्विन २०८२, बुधबार २१:३८ सम्पादक: धादिङ न्यूज

धादिङ ।लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतनामूलक कार्यक्रम जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त आयोजनामा सम्पन्न भएको छ।

२०८२ असोज २९ गते नीलकण्ठ नगरपालिका-३ स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना, प्रहरी उपरीक्षक भेषराज रिजाल, सशस्त्र प्रहरी बल नेपाल धादिङका प्रमुख, स्थानीय निकायका प्रमुख तथा उप-प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक/शिक्षिका, पत्रकारहरू, र प्रहरी कर्मचारीहरू गरी करिब ५० जना सहभागी थिए।

कार्यक्रममा सहभागी वक्ताहरूले धादिङ जिल्लामा हाल बढ्दै गएको लागुऔषध ओसारपसार र दुर्व्यसनका समस्या, त्यसले समाजमा पार्ने नकारात्मक असर र त्यसका विरुद्धका कानूनी प्रावधानहरूबारे विस्तृत जानकारी प्रदान गरेका थिए।

कार्यक्रमले लागुऔषध नियन्त्रण र रोकथाममा सामूहिक जिम्मेवारी र सहकार्य आवश्यक रहेकोमा जोड दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।