टायलघरका आठ वर्षीय याकुब सुनार जङ्गलमा सकुशल फेला
255 पटक पढिएको
धादिङ । धुनिवेशी नगरपालिका–९ टायलघरका आठ वर्षीय याकुब सुनार हराएको २४ घण्टापछि सकुशल फेला परेका छन् ।
मिति २०८२ असोज २९ गते साँझ करिब ७ बजे याकुब हराएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षक नन्दराज जोशीको कमाण्डमा प्रहरी टोली र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजतलास सञ्चालन गरेका थिए ।
लगातार २४ घण्टा चलाइएको खोजीपछि याकुबलाई घरबाट करिब डेढ किलोमिटर टाढा खड्का वन क्षेत्रमा फेला पारिएको प्रहरीले जनाएको छ । फेला परेका बालकलाई परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।








https://shorturl.fm/xunSY