रुवीभ्यालीमा सडक निर्माणका क्रममा डोजर चालकको मृत्यु
166 पटक पढिएको
धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–४ मा निर्माणाधीन जलशक्ति हाइड्रोपावरको सडक निर्माण कार्यका क्रममा बिहीबार भएको दुर्घटनामा एक डोजर चालकको मृत्यु भएको छ ।
गाउँ प्रहरी सिमोन तामाङका अनुसार, बिहीबार बिहान ब्लाष्टिङ गरिएको स्थानमा स्काभेटर सञ्चालन गर्ने क्रममा माथिबाट अचानक पहिरो खस्दा डोजरसहित चालक पुरिएका थिए । दुर्घटनामा परेका चालक प्युठान घर भएका हुन् ।
बिहीबारदेखि नै खोजी कार्य जारी रहे पनि शव आज (शुक्रबार) मात्र फेला परेको गाउँ प्रहरी तामाङले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








https://shorturl.fm/X8kql