बेनिघाट रोराङको चण्डिदेवी आविमा ‘खेताला’कार्यालय सहयोगी !
230 पटक पढिएको
धादिङ । धादिङका १३ स्थानीय तह मध्ये शैक्षिक गुणस्तरका लागि निकै ख्याती कमाएको वेनिघाट रोराङ गाउँपालिकाको वडा नं. २, लाइपुरस्थित चण्डिदेवी आधारभुत विद्यालयमा अनौठो अभ्यास भेटिएको छ – कार्यालय सहयोगीको पदमा नियुक्त व्यक्ति अनुपस्थित रहँदा, उनको सट्टामा अर्कैले काम गरिरहेको पाईएको छ ।
२०७५ सालमा कार्यालय सहयोगीका रूपमा नियुक्त शर्मिला आले मगरले भदौ पहिलो सातादेखि विद्यालय नआई सोही वडाको कार्कीडाडा निवासी सेतिमाया लोहनीलाई आफ्नो सट्टामा काममा पठाएको खुलासा भएको छ।
भदौ पहिलो सातादेखि दशै अवधिभर करिब दुई महिना विद्यालयमा अनुपस्थित रहेकी शर्मिलाले खेताला कार्यालय सहयोगी मार्फत आफ्नो सट्टाको काम गराएको हो । दुई महिना विद्यालयमा अनुपस्थित रहँदा पनि नियमित हाजिरी गराउँदै आएको समेत पाइएको छ।
कार्यालय सहयोगी शर्मिला आले मगर ललितपुरको एक कन्सल्टेन्सीमा जापानिज भाषा कक्षामा भर्ना भै पढिरहेकी छिन् । विगत ३ महिनादेखि उनी उक्त कन्सल्टेन्सीमा पढिरहेकोले विद्यालयमा अनुपस्थित भएकी हुन् ।
शुरुवातमा बिरामीको कारण विदा लिएको बताउँदै उनले पछि स्वीकार गरिन्- “लामो समयदेखि काम गरेकोले केही समय अध्ययनका लागि विदा लिएको हुँ, विद्यालयसँग छलफल गरेर सट्टामा अरूलाई काम गर्न लगाएँ।”
तर, सरकारी नियमानुसार यस्तो कार्य पूर्ण रूपमा नियमविपरीत हो।
विद्यालयका प्रध्यानाध्यापक भीम बहादुर मगरले पनि उनी लामो विदामा रहेको र उनको सट्टामा अर्को व्यक्ति काम गरेको स्वीकार गरे, तर सो कार्यको वैधानिकता सम्बन्धी प्रश्नमा प्रतिक्रिया दिन सकेनन्।
गाउँपालिकाको शिक्षा शाखाका स्रोत व्यक्ति रामेश्वर पोखरेलले भने आफूलाई घटनाको जानकारी नभएको बताए। तर उनले भने-“यदि यस्तो भएको हो भने यो स्पष्ट रूपमा नियमविपरीत छ। करार कर्मचारीले लामो विदा पाउँदैनन्, सट्टामा अरूलाई काममा पठाउन मिल्दैन। दोषीमाथि कारबाही हुनेछ।”








https://shorturl.fm/pFZm3
https://shorturl.fm/C48ti