आज कार्तिक कृष्ण औँसी, छैन तिहारको कुनै पनि पर्व
214 पटक पढिएको
काठमाडौँ । कार्तिक कृष्ण औँसी परेकाले मंगलबार तिहारका कुनै पनि पर्व परेन। सामान्यतया कार्तिक कृष्ण औँसीको रातमा लक्ष्मीपूजा गर्ने परम्परा भए पनि यस वर्ष औँसी तिथि दिउँसो नै लागेको कारण सोमबार राति नै लक्ष्मीपूजा सम्पन्न गरिएको हो।
पञ्चाङ्ग निर्णायक समितिले सोमबार साँझ लक्ष्मीपूजा गर्न निर्देशन दिएपछि अधिकांश घरहरूमा त्यसै अनुसार पूजा गरिएको थियो। मंगलबार बिहान कुकुरपूजा गर्ने परम्परा भने कायम रह्यो।
तर वैदिक परम्पराका अनुयायीहरूले तिथि नटुट्ने भन्दै मंगलबार पनि लक्ष्मीपूजाको तयारी गरेका छन्। काठमाडौँ उपत्यकाका केही नेवार समुदायले सूर्योदयसँगै पर्ने तिथिमा कर्म गर्ने विश्वास राख्दै मंगलबार नै पूजा गर्ने तयारी गरेका हुन्।
भक्तपुर नगरपालिकाका नेवार समुदायले भने कार्तिक कृष्ण प्रतिपदामा पर्ने म्हपूजा मंगलबार नै गर्ने भएका छन्। समितिबाट सिफारिसप्राप्त पात्रोअनुसार मंगलबार अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले बेलुकी गरिने म्हपूजा मंगलबारै गर्न सकिने बताइएको छ।
तलेजुका पुजारी, ज्योतिषी र विज्ञहरूको छलफलपछि भक्तपुर नगरपालिकाले सोमबार लक्ष्मीपूजा, मंगलबार म्हपूजा र बुधबार किजा (भाइपूजा) गर्ने निर्णय गरेको हो।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार मंगलबार तिहारअन्तर्गतका कुनै पनि कर्म गर्न नहुने स्पष्ट निर्देशन जारी गरिएको छ। समितिले बुधबार गाई–गोरुपूजा, गोवर्धनपूजा र म्हपूजा गर्नुपर्ने जनाएको छ।
प्रा. ढकालले भने, “आज (मंगलबार) तिहारका कुनै पर्व परेको छैन। औँसी भएकाले केवल पितृकार्य मात्र गर्न सकिन्छ।” नेपाल संवतको नयाँ वर्ष तथा म्हपूजा पनि बुधबारकै दिन पर्ने उनले जानकारी दिए।








https://shorturl.fm/k9Ipq
https://shorturl.fm/zK2yr
https://shorturl.fm/CVzWr
https://shorturl.fm/PjKTx