आजबाट नेपाल सम्बत ११४६ सुरु
233 पटक पढिएको
काठमाडौं,५ कात्तिक । नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्बतको नयाँ पात्रो ११४६ आजबाट सुरु भएको छ ।
राष्ट्रिय विभूति शंखधर साःख्वाले विक्रम सम्बत ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको प्रारम्भ गरेका थिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्बत लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भई पृथ्वीनारायण शाहको शासनसम्म राष्ट्रिय सम्बतका रूपमा मान्यता प्राप्त थियो ।
उनका शब्दमा – “लिच्छविकालमा शक सम्बत प्रचलनमा थियो, त्यसपछि नेपाल देशकै नाममा राखिएको नेपाल सम्बत मौलिक सम्बतका रूपमा चल्दै आएको हो।”
२००७ सालमा प्रजातन्त्र स्थापनापछि नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु भएको थियो ।
नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा-भीमेश्वर लगायत क्षेत्रका नेवार समुदायले विशेष रूपमा धार्मिक-सांस्कृतिक उत्सवका साथ मनाउने गर्छन् ।
गरिब जनताको ऋणमोचन गरी सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका शंखधर साःख्वालाई २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
त्यसपछि २०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए ।
कार्तिक कृष्ण औंसीका दिन **पुरानो बहीखाता बन्द गरी, कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा आज पनि काठमाडौं उपत्यकामा जीवित छ ।








https://shorturl.fm/rYJT0