धादिङबेसीमा भिन्तुना र्‍याली निकालिने

182 पटक पढिएको

५ कार्तिक २०८२, बुधबार ०६:४९ सम्पादक: धादिङ न्यूज

धादिङ । नयाँ वर्ष नेपाल सम्वत् ११४६ को अवसरमा मंगलबार धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा भिन्तुना र्‍याली (शुभकामना र्‍याली) निकालिने भएको छ ।

झिगु नेवा समाज धादिङको आयोजनामा धादिङबेसीका नेवार समुदायले र्याली निकाल्न लागेका हुन । नेवारी भेषभुषा र वाजागाजा सहित पुछारवजारबाट शुरु हुने सो र्याली वजार परिक्रम गरी बिचवजार शंखघरचोकमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।