फुटेका बोतलले घाउचोट लाग्नेक्रम बढेपछि नेत्रावती डवजोङ ३ नम्बर वडामा बोतलका रक्सी बेच्न रोक
298 पटक पढिएको
धादिङ-मदिरा सेवन गरी वोतल फुटाएर जथाभवी फालिदिंदा मानिसका खुट्टामा घाउ चोट लाग्ने क्रम बढेपछि त्यस्को नियन्त्रणका लागि धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ३ ले सार्वजनिक सूचना जारी गर्दै गाउँमा वोतलमा रक्सी बिक्री नगर्न निर्देशन दिएको छ ।
३ नम्बरका वडा अध्यक्ष शुरेस गुरुङले कात्तिक १२ गते बुधबार एक सार्वजनिक सूचना जारी गर्दै अब आईन्दा गाउँमा रहेका होटल, खाजाघर, किरानापसलबाट मदिरा बिक्री भईसकेपछि खाली बोतल जथाभावी नफ्याँक्न अनुरोध गरेका हुन् ।
फुटेका वोतलका कारण खेतबारीमा काम गर्ने किसानको खुट्टामा गहिरो चोट लाग्ने क्रम बढ्दै गएकोले अब आईन्दा बोतल जथाभावी नफाल्न सचेत गराईएको वडा अध्यक्ष गुरुङले वताए । सेमजोङ टोलमा वडासदस्य कमला गुरुङको निवासमा समाजसेवी, बुद्धिजीवी तथा युवाहरुबीच बैठक आयोजना गरि बियरको बोतल जथाभावी फाल्दा गाउँको वातावरण, सडक तथा खेतबारीमा खतरापूर्ण परिस्थितिहरू सिर्जना हुने विषयमा गम्भीर छलफल गरी बोतल जथाभावी नफाल्न सचेत गराईएको वडा अध्यक्ष गुरुङले बताएका छन् ।
बैठकमा मुख्य रूपमा गोरेरो बाटो, मेन रोड, बारिको कान्ला मुनि, खोला खोल्सी, तथा खेतबारीमा फालेको बोतलले बच्चा र वृद्धजनलाई चोटपटक पुग्ने जोखिम, पशुपन्छीको लागि समस्या, साथै गाउँको सौन्दर्य र सरसफाइमा असर पर्ने बिषयमा छलफल भएको सहभागीहरुले वताए ।
उक्त छलफलपछि आउँदो मंसिर १ गतेदेखि सेमजोङ टोल भित्र बियरको प्रयोग, बिक्री र वितरण पूर्ण रूपमा बन्द गर्ने साथै, सबै किराना पसल, होटल तथा बिवाह, छेवर र अन्य सामाजिक समारोहमा पनि यसको प्रयोग नगर्न विशेष अनुरोध गरिएको छ।
वडाको यस निर्णयलाई सकारात्मक रूपमा लिएर गाउँमा सचेतना फैलाउने, बालबालिका र वृद्धवृद्धाको सुरक्षा सुनिश्चित गर्ने र वातावरणीय दृष्टिले सुधार ल्याउने उद्देश्यले यस पहललाई अगाडि बढाउने स्थानीयले बताएका छन् ।









https://shorturl.fm/61DLY