चितवनमा दुईवटा बस र एउटा ट्रक ठोक्किँदा ३३ जना घाइते
325 पटक पढिएको
चितवन, १४ कात्तिक । गौरबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस आज बिहान चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटनामा पर्दा ३३ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल, र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको हो। सबै घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटना बिहान गौरबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३०० ख ०१२३ नम्बरको “डल्फिन” बसले ना ६ ख ८१३ नम्बरको इट्टा बोकेको ट्रकलाई ठक्कर दिँदा भएको हो। त्यसपछि पछाडिबाट आउँदै गरेको बा.प्र.०३०० ख ३९०२ नम्बरको “रुद्राक्ष” बस पनि सोही बसमा ठोक्किएको थियो।
सशस्त्र प्रहरी निरीक्षक सन्दीप भट्टको कमाण्डमा गएको उद्धार टोलीले दुर्घटनाग्रस्त सवारी साधन साइडमा राखी बाटो सुचारु गरेको छ। यसैबीच प्रहरीले रुद्राक्ष बसका चालक धनुषा जिल्ला, सहिद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई नियन्त्रणमा लिएको छ।
घाइतेहरूको विवरण
चितवन मेडिकल कलेजमा उपचाररत (१५ जना)
१. सार्थक बाबु श्रेष्ठ (२०, उदयपुर) – बायाँ खुट्टामा चोट (डल्फिन)
२. सदाकत मियाँ (३९, जनकपुर) – टाउकोमा चोट (रुद्राक्ष)
३. नरेन्द्र शाह (५२, जनकपुर) – टाउकोमा चोट (रुद्राक्ष)
४. मुकेश कुमार केसरी (४१, गौर) – बायाँ खुट्टा र टाउकोमा चोट (डल्फिन)
५. समिर अन्सारी (१७, जनकपुर) – बायाँ हात र खुट्टा चोट (रुद्राक्ष)
६. गीता देवी यादव (पिपरा–१) – निधारमा चोट (रुद्राक्ष)
७. कृष्ण कुमार साह (राजदेवी–१) – अनुहारमा चोट (डल्फिन)
८. बसन्त झा (४६, जनकपुर) – खुट्टामा चोट (रुद्राक्ष)
९. मुकेश लाल कर्ण (४९, जनकपुर) – सामान्य (रुद्राक्ष)
१०. अञ्जु कर्ण (३४, जनकपुर) – सामान्य (रुद्राक्ष)
११. आरुष कर्ण – सामान्य (रुद्राक्ष)
१२. राम श्रेष्ठ (३७, पिपरा–१) – सामान्य (डल्फिन)
१३. अनिकेत कुमार साह (२०, राजदेवी–१) – सामान्य (डल्फिन)
१४. आरभ मिश्र (११, बृन्दावन–३) – टाउकोमा चोट (डल्फिन)
१५. बिध्या चौधरी (१९, लक्ष्मिनिया–४) – मध्यम (रुद्राक्ष)
नेशनल सिटी अस्पतालमा उपचाररत (१३ जना)
१. आदित्य कुमार सिंह (२०, जलेश्वर–५) – सामान्य (रुद्राक्ष)
२. रेखा सिंह (४३, जलेश्वर) – सामान्य
३. अञ्जली सिंह (२१, जलेश्वर) – सामान्य
४. सुनिल प्रसाद (३२, भारत मोतिहारी) – सामान्य (डल्फिन)
५. सुभद्रा कुमारी चौधरी (२५, भारत) – सामान्य
६. प्रिया जैशवाल (७, भारत) – सामान्य
७. कृती जैशवाल (४, भारत) – सामान्य
८. आलोक कुमार राउत (२८, जनकपुर–८) – सामान्य
९. मोनु कुमार महतो (२१, राजदेवी–२) – सामान्य
१०. गम्भिरादेवी ठाकुर (६६, गौर–९) – सामान्य
११. बिजय साह (५०, गरुडा–७) – सामान्य
१२. उर्मिला कुमारी साह (४०, गरुडा–७) – सामान्य
१३. सुनितादेवी मिश्र (६२, बृन्दावन–३) – मध्यम
भरतपुर सरकारी अस्पतालमा उपचाररत (५ जना)
१. राजकिशोर दास (३०, दुर्गावती–२) – सामान्य
२. राजु दास (२५, दुर्गावती–२) – सामान्य
३. महमद साहेब (२२, भारत) – सामान्य
४. रोशी कुमार साह (१९, माधवनारायण–५) – सामान्य
५. दिब्या चौधरी (१९, लक्ष्मिनिया–४) – मध्यम








https://shorturl.fm/tnWAA