धादिङमा एकै दिन ७१ वडामा एमालेको भेला सम्पन्न
438 पटक पढिएको
धादिङ ।नेकपा (एमाले) धादिङले संगठन सुदृढीकरण अभियानअन्तर्गत जिल्लाका १०४ मध्ये ७१ वटामा कात्तिक २२ गते शनिवार एकै दिन वडा-स्तरीय बैठक तथा भेला सम्पन्न गरेको छ।
पार्टी सचिव राधिका सापकोटाका अनुसार विभिन्न वडाहरूमा आयोजित भेलामा करिब २ हजारभन्दा बढी नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
गत १८ गते बसेको जिल्ला कमिटी बैठकले सुदृढीकरणका लागि तीन चरणमा विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही योजनाअनुसार आज अधिकांश वडामा भेला सम्पन्न भएको सचिव सापकोटाले जानकारी दिनु भयो ।
एमाले धादिङले कार्तिक २५ गते जिल्लाका १३ स्थानीय तहमा जनसभा तथा कार्तिक २९ गते सदरमुकाममा भव्य जनप्रदर्शन गर्ने जनाएको छ।
वडा भेलाहरूमा स्थायी कमिटी सदस्य पुष्पराज कडेल, केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, जानुका सिम्खडा , प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु,जिल्ला अध्यक्ष भूमी त्रिपाठी लगायतका नेताहरूले सहभागिता जनाउँदै संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसै क्रममा धादिङ१(१) मा २५ वडामा एमाले बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) केन्द्रीय कमिटीले घोषणा गरेको आन्दोलनलाई प्रभावकारी बनाउन धादिङ–१(१) प्रदेश क्षेत्रअन्तर्गत २८ मध्ये २५ वडामा विस्तारित बैठक सम्पन्न भएको नेकपा एमाले वागमती प्रदेश कमिटीका सचिवालय सदस्य रमेश आचार्यले जानकारी दिनु भयो ।
जेन-जी आवरणमा गरिएको प्रतिगमन प्रयास र संसद पुनःस्थापनाको मागबारे जनतामा स्पष्ट सन्देश पु¥याउँदै आन्दोलनलाई सशक्त बनाउने उद्देश्यसहित बैठकहरू आयोजना गरिएको एमाले पार्टीले जनाएको छ।
बैठक धुनिवेशी नगरपालिकाका सबै ९ वडा, थाक्रे गाउँपालिकाका सबै ११ वडा तथा गल्छी गाउँपालिकाका ८ मध्ये ५ वडामा सम्पन्न गरिएको हो। बैठकमा आन्दोलनको उद्देश्य, संगठनात्मक तयारी, जनसहभागिता वृद्धि तथा भव्य प्रदर्शनहरूका व्यवस्थापनबारे विस्तृत छलफल गरिएको थियो।
बैठकहरूले कार्तिक २५ गते धुनिवेशीको खानीखोला बजार, थाक्रेको बालुवाफाँट र गल्छीको छागेश्वर मन्दिर परिसरमा आयोजना हुने जनप्रदर्शनमा व्यापक सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ। त्यसैगरी, कार्तिक २९ गते धादिङवेशीमा आयोजना हुने जिल्ला–स्तरीय जनप्रदर्शनमा पनि उल्लेख्य सहभागि जुटाउने योजना बनाइएको छ। आगामी मंसिर ६ गते काठमाडौंमा बागमती प्रदेश–स्तरीय प्रदर्शनमा धादिङ–१(१) बाट ठूलो संख्यामा सहभागीता पुर्याइने एमालेले जनाएको छ।
यसबाहेक, मंसिर १३ गते बैरेनीमा सञ्चालन हुने पार्टीको ११औं महाधिवेशनका प्रतिनिधि छनोट प्रक्रियामा सम्पूर्ण संगठित सदस्यलाई सहभागी गराउने तयारी गरिएको छ। मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा पनि धादिङ–१(१) बाट व्यापक उपस्थिति सुनिश्चित गरिने बताइएको छ।









https://shorturl.fm/0vadc