रुविभ्यालीमा प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
334 पटक पढिएको
धादिङ, २६कात्तिक – जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा रुविभ्याली गाउँपालिका–३ सेर्तुङस्थित रुविभ्याली गाउँपालिकाको प्राङ्गणमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। सो कार्यक्रममा रुविभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
यस कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल, राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक हुमकान्त पाण्डे, भैरवी गणका सेनानी उद्धव खरेल, सशस्त्र प्रहरी बल नेपाल धादिङकी प्रहरी नायब उपरीक्षक माला अवा, जिल्ला अस्पताल धादिङका डा. सन्तोष कुवँर, र जिल्ला निर्वाचन कार्यालयका प्रमुख शिव गुरुङलगायत विभिन्न सरकारी तथा गैर-सरकारी निकायका प्रमुख, सञ्चारकर्मी, शिक्षक, व्यवसायी तथा स्थानीय भद्रभलादमीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरुले स्थानीय स्तरमा प्रहरी सेवाको प्रभावकारिता, सार्वजनिक सुरक्षासँग सम्बन्धित मुद्दा, सेवा प्रवाहमा देखिएका समस्या तथा समाधानका उपायहरूबारे सुझाव र छलफल गरेका थिए।








https://shorturl.fm/YucqS